माेहन ठकुल्ला
डाेटी,
सुदुरपश्चिम प्रदेशका पहाडी तथा तराईका जिल्लाहरूमा भिषण वर्षासहित असिना पानी परेकाे छ ।
आज (आइतबार ) साँझ आएकाे हावाहुरी, असिनापानीले गर्दा भित्र्याउन लागेकाे धानबाली, काेदाे, लगायतकाे खेतीपातीमा क्षति पुर्याउएकाे हाे ।
बर्खाभरी खाइनखाइ छ महिना काम गरेर भित्र्याउने बेला असिना पानीले खेतीपातीमा नाेक्सानी पुर्याउदा किसानहरू निराश बनेका छन् ।
सुदुरपश्चिम प्रदेश अन्तर्गतका , कैलाली, कञ्चनपुर, डाेटी, अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला, बझाङ जिल्लामा आज साँझपखकाे मेघगर्जन चट्याङ सहित भिषण असिनापानी आएकाे छ । विभिन्न क्षेत्रकाे तल्लाे भेगमा पाकी सकेकाे धान लगायतका खेतीपातीमा नाेक्सान पुर्याएकाे छ भने लेकाली भेगमा फुल्दै गरेकाे काेदाे,बेथे, धान लगायतकाे खेतीपातीमा क्षति पुर्याएकाे स्थानीयले बताएका छन् । हिउँदे र बर्खाकाे खेतिपाती भित्र्याउने समयमा यसरी असिनापानी आँउदा किसालाई बिजाेग हुनु परेकाे स्थानियकाे भनाई छ ।
खेतीपाती भित्र्याउने बेला असिनापानी आउदा अनिकाल जहिल्यै अनिकाल मात्रै भाेग्नु परेकाे सायल गाउँपालिका -४ का झंक बिष्टले बताए । उनी भन्छन् ” दिनभरी गरेकी कमै, खा बड्डा खरानी”
कुनै कुनै क्षेत्रमा भारी बर्षा चट्याङसहित असिनापानी पर्दा काटेकाे र काट्न बाँकी धानखेतीमा क्षति पुर्याएकाे पूर्वीचाैकी गाउँपालिका -२ का स्थानीय शिक्षक दिल बहादुर साउँदले बताए ।
खेतीपाती भित्र्याउने समयमा सधै यसरी असिना पानी, बन्यजन्तु, लगायतले नाेक्सानी गर्दा किसान निराश भएर प्रायः क्षेत्रकाे जमिन बाँझो बन्न पुगेकाे छ ।यी सबै तस्बिरहरू सामाजिक सञ्जालबाट साभारबाट गरिएका हुन् ।