युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

असोज २८, डोटी ।
२०७५ सालमा रेकर्ड भएको मौलिक डेउडा गीत ‘धन्य मायाजाल’ को अडियो तथा भिडियो आइतबार सार्वजनिक भएको छ ।
बहुमुखी प्रतिभाका धनी पत्रकार तथा कलाकार झलक पाली ‘झरना’ र अम्बीका राई ‘अन्जु’को स्वरमा सजिएको उक्त गीत करिब ५ वर्ष लामो प्रतिक्षापछि सार्वजनिक भएको हो ।
नजर मिडिया प्रा.लि.को प्रस्तुतीमा भीम बिष्ट/अछामी रेखा युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको छ । मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा शब्द/सँगीत झलक पाली ‘झरना’को रहेको छ भने एरेञ्ज बिनोद बाजुरालीले गरेका हुन् । त्यस्तै रेकर्डिङ्ग बिमल छिनालले गरेका हुन् भने अडियो मिक्सिङ्ग तथा मास्टरिङ्ग खडक बाजुरालीले गरेका हुन् ।
सिर्जनामा मौलिकता, भावमा प्रेमिलता रहेको सो डेउडा गीतको भिडियोमा भीम बिष्ट/अछामी रेखाले निर्देशन गरेका छन् भने झरना बोहरा, झलक पाली ‘झरना’, अम्बीका राई ‘अन्जु’ र खडक मल्लले अभिनय गरेका छन् ।
कैलालीको धनगढीमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिवपुरी धाम र डोटीको जोरायल गाउँपालिका १ तिलाचौडमा गीतको छायाङ्कन अमृत उपाध्यायले गरेका हुन् । भिडियो सम्पादन तथा रङ्ग संयोजन महेन्द्र बिष्टले गरेका छन् भने मेकअप निशा बोहराले गरेकी हुन् ।
गीतको प्रवर्द्धकमा कैलालीको धनगढी, तारानगरमा रहेको अत्री गारमेन्ट उद्योग र डोटीको जोरायल १ तिलाचौडमा रहेको मल्ल तरकारी फर्म रहेका छन् ।
झुमेर डेउडा खेल्न मिल्ने भएकाले पनि सो गीत दर्शक श्रोताको रोजाइमा पर्ने ‘धन्य मायाजाल’ टीमको विश्वास रहेको छ ।
कलाकार झलक पाली ‘झरना’ले यसपूर्व ‘के मान्नी है सौंराई’, ‘खोली गोगनको’, ‘जवानीको जोश’, ‘ज्योती जुनको’, ‘धुम मच्चाउछु’, ‘वन जङ्गल जोगाऔं’ लगाएतका डेउडा, लोक गीत र डिजे प्याटर्नका गीति सिर्जना पस्किसकेका छन् ।
सुदूरपश्चिम साँस्कृतिक समाजका अध्यक्ष रहेका पाली राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशका पुर्व सदस्य पनि हुन् ।
पेशागत रूपमा नजर मिडिया प्रा.लि.डोटीका संचालक पाली नजर अनलाइनका प्रधान सम्पादक हुन् भने सुदूर खबरका लागि डोटी संवाददाता पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय