
बैतडी/ बैतडीमा जीप दुर्घटना भएकाे छ । जिल्लाकाे पाटन नगरपालिका–६ हिरापूर नजिक जीप दुर्घटना भएको आज (आइतबार ) धनगढीबाट दार्चुलाको लागि हिडेको म १ ज २६० नम्बरको जीप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ । जीप बिहान साढे ५ बजे दुर्घटना भएको हो ।
उक्त जीपमा दुर्घटनामा पर्दा सवार ४ जना यात्रुहरुलाई सामान्य घाइते भएका छन् । यसैगरी अन्य दुई जना यात्रुको टाउकोमा चोट लागेकाे छ । अपिहिमाल गाउँपालिका दार्चुलाका निवर्तमान उपाध्यक्ष उर्मिला बोहरा, उनका श्रीमान करबिरसिंह बोहरा रहेका थिए ।
जीप ७ जना यात्रु बोकेर हिजाे (शनिबार) साझँ धनगढीबाट हिडेको थियो । सडक पेटीमा रोकिएका कारण दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएकाे हाे ।