
कैलाली/ स्वास्थ्य कार्यालय कैलाली सुदुरपश्चिमकै उत्कृष्ट बनेकाे छ । गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन मुल्यांकनका आधारमा सुदुरपश्चिम प्रदेश अन्तर्गतका नाै वटा जिल्ला मध्ये उत्कृष्ट बन्न सफल भएकाे स्वास्थ निर्देशनालय दिपायले जनाएकाे छ ।
स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले आयाेजना गरेको वार्षिक समिक्षा कार्यक्रममा ८८ दशमलब ७५ प्रतिशत अंक प्राप्त गरी स्वास्थ कार्यालय कैलाली उत्कृष्ट बनेको हो ।
धनगढीमा आयाेजित कार्यक्रममा प्रमाणपत्रसहित सम्मान गरिएको हाे ।
त्यस्तै स्वास्थ्य कार्यालय अछामले ८२ दशमलब ५ प्रतिशत अंक प्राप्त गर्दै दाेस्राे स्थान हाँसिल गरेकाे छ । त्यसैगरी ८२ प्रतिशत अंक प्राप्त गर्दै स्वस्थ्य कार्यालय दार्चुला र बैतडीले तेस्रो स्थानमा पर्न सफल भएका छन् ।
त्यस्तै ८१ दशमलब ७५ प्रतिशत अंक स्वास्थ्य कार्यालय डडेल्धुरा र कञ्चनपुरले प्राप्त गरेको छ । डोटीले ७९, बाजुराले ७५ दशमलब २५ र बझाङले ७२ दशमलब ५ प्रतिशत अंक प्राप्त गर्न सफल भएका छन् ।