
कैलाली / कैलालीकाे धनगढीमा योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेकी एक युवतीलाई शुक्रबार पक्राउ गरेको छ।
जिल्लाकाे धनगढी उपमहानगरपालिका-१ पशुपतिटोल बस्ने २० वर्षिया अनुष्कासिंह ठकुरीलाई पक्राउ गरिएकाे छ । त्रिनगर भन्सार नाकाबाट खैरो हेरोइन ल्याइरहेको अवस्थामा विशेष सूचनाका आधार उनलाइ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनले योनिभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हेरोइन बरामद गरिएको छ । त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले उनको योनिबाट लागुऔषध निकालेको थियो। ठकुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनले यसअघि पनि गुप्तांगमा लुकाएर लागुऔषध ल्याउने गरेको प्रहरीको अनुसन्धान बाट खुलेकाे छ ।