
कैलाली / कैलालीकाे भजनी नगरपालिका-४ बिजुलीयामा करेन्ट लागे ४० वर्षीय पुरूषकाे मृत्यु भएकाे छ । शुक्रबार साँझ साेहि ठाउँका खुसीराम चौधरीलाई करेन्ट लागेपछि उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
चैधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएकाे प्रहरी स्रातेले जनाएकाे छ ।
उनीनलाई आफ्नै घरको पङ्खामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेकाे हाे ।