डाेटी / डाेटीकाे सिलगढीमा जन्मेका डा. ऋषिकेश नारायण श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशककाे जिम्मेवारी पाएका छन् ।
मन्त्रीस्तरीय निर्णय अनुसार असाेज २६ गते डा. श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले अर्काे व्यवस्था नभएसम्मका लागि आर्थिक अधिकारसहितको निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।
जिम्मेवारी पाए संगै डा. श्रेष्ठले २६ गते देखि नै कार्यभार सम्हालेका छन् । उनी सोही अस्पतालमा सिनिअर कन्सल्टेन्ट सर्जिकल अंकोलोजिस्ट रुपमा कार्यरत थिए ।