कैलाली / सुदूरपश्चिम प्रदेशसभाका सांसदले ऐन विपरीत भत्ता कुझेका छन् । उनिहरूले १६ लाख ६ हजार रुपैयाँको भत्ता बुझेकाे पाएकाे छ ।
उनिहरूले संघिय सरकार अन्तर्गतका निर्वाचनमा मतदान गर्न काठमाडौं जाँदा र आउँदा दैनिक भ्रमण भत्ता, हवाई टिकट र फुटकर खर्च शीर्षकबाट ३९ जना सांसदले उक्त रकम भत्तास्वरूप बुझेकाे पाएकाे छ ।
सुदूरपश्चिम प्रदेश सचिवालयलका अनुसार सुविधासम्बन्धी ऐन, २०७५ अनुसार प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र प्रदेशसभाको कामका सिलसिलामा गएका बेला सांसदहरूले भत्ता पाउने व्यवस्था रहेकाे जनाएकाे छ तर टिकट खर्च र फुटकर खर्च दिने कुनै पनि व्यवस्था छैन् ।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको ८ महिनामा प्रदेशसभाले तीनवटा बजेटसँग सम्बन्धित विधेयक मात्र पारित गरेको अभिलेख पाइन्छ । तर ८ महिनाको अवधिमा मात्र पदाधिकारी र सांसदहरूकै सेवासुविधा वाफत झन्डै ८ करोड खर्च हुन पुगेकाे छ ।
प्रदेशका विनियोजन विधेयक २०८०, आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक र अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० सो अवधि सम्म सुदूरपश्चिम संसद्ले बनाएका कानुन रहेकाे प्रदेशसभा सचिवालयले जनाएकाे छ ।