
कैलाली / कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा जुधेका छन् । जिल्लकाे गोदावरी नगरपालिका–५ गेटा अस्पाल नजिक दुबै एक आपसमा ठाेकिन पुगेका हुन् ।
अत्तरियाबाट धनगढी गइरहेको गौरीगंगा नगरपालिका–४ का रेसम कँडेलले चलाएको से १ च १३१ नम्बरको एम्बुलेन्सले गोदावरी नगरपालिकाका २१ वर्षिय धर्म विष्टले चलाएकाे से ५ प ५६९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे ।
उक्त ठक्करबाट माेटर साइकल चालक विष्ट घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे छ । दुर्घटना परि घाइते भएका विष्टको हात र कम्मरमा चोट लागेकाले निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरी स्राेतले जानकारी दिएकाे छ ।
एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।