कैलाली / कैलालीकाे गोदावरी नगरपालिका- १ का सागर भट्टले उपभाेग गर्नकाे लागि बजारबाट ल्याएकाे चामलमा प्लास्टिक भेटिएकाे छ । उक्त चामल धनगढी राजपुरमा रहेको रश्मी एग्रो प्रोसेसिङ उद्योगको उत्पादन रहेको हो ।
बजारबाट किनेर ल्याएकाे सिल्की ग्रेडिङ नामक चामलमा प्लाष्टिक भेटिएको हाे । घरमा सोह्रश्राद्धका लागि ल्याएकाे चामल धुने क्रममा चामलको आकार फरक र मोटो देखियाे ।त्यसपछि आश्चर्य पर्दै उनले आगोमा फाल्दा उक्त चामल प्लास्टिक झै जल्याे ।
चामल पाेलि सकेपछि प्लास्टिककाे डल्लाे जस्तै भएकाे पाएकाे छ । विगतमा पनि उक्त चामलमा यस्ता समस्याहरु देखिएको स्थानीयबाट खुल्न आएकाे छ ।
एक कठ्ठा चामलमा करिब आधा केजी जती प्लाष्टिक मात्रै राखिएको पाएकाे छ ।
यस्तो चामल उत्पादनमा कम्पनिको लापरबाही देखीएको छ ।