युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कास्की / पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि आक्रमण र तोडफोड गरेको आरोपमा पक्राउ परेका २ जना काराकार चलान भएका छन् भने ७ जना धरौटीमा रिहा भएका छन् ।

अस्पतालमा तोडफोड भएकै दिन गत असोज ८ पक्राउ परेका विनय गुरुङ र असोज १२ गते पक्राउ परेका छावा भनिने सुशील कार्की पुर्पक्षका लागि कारागार चलान भएका हुन् । पक्राउ परेका बाँकी ७ जना भने १/१ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

न्यायाधीश ध्रुवकुमार पियाको इजलासले २ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकी ७ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । धरौटीमा रिहा हुनेमा सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, प्रदीप गुरुङ, मनिष थापा र विजय गुरुङ छन् ।

गत असोज ८ गते लमजुङबाट उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा ल्याइएकी सुकमाया दुराको मृत्यु भएपछि तनाब उत्पन्न भएको थियो । मृतकका आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै विरोध प्रदर्शनका क्रममा डा. अनिल शाहमाथि आक्रमण भएको थियो ।

शाहमाथि आक्रमण भएपछि चिकित्सकहरु पनि आक्रोसित बनेका थिए भने मृतकको आफन्तको तर्फबाट पनि ठूलो संख्यामा युवाहरु जम्मा भएर विरोध तथा तोडफोडमै उत्रिएका थिए । प्रहरीले आफन्तका नाममा पोखरामा गुण्डागर्दीमा सक्रिय तथा यसअघि पनि पटक पटक हिरासत तथा जेल सजायसमेत भुक्तान भएका युवा परिचालन भएको निश्कर्ष निकालेको थियो ।

मणिपालमा भएको तनाब क्रममा कमाण्ड सम्हालेका तत्कालीन बैदाम प्रहरी प्रमुख डीएसपी वेदप्रकाश जोशी हेडक्वाटर तानिएका थिए भने आक्रोशित भीडलाई झनै उत्तेजित बनाउने अभिव्यक्ति दिएका प्रहरी निरीक्षक मदन श्रेष्ठ निलम्बनमै परेका छन् ।

मणिपालको घटनालाई लिएर देशभर चिकित्सक आन्दोलनमा उत्रिएका थिए । चौतर्फी दबाब सिर्जना भएपछि प्रहरीले सीसीटीभी फुटेज हेर्दै पक्राउ गर्न थालेको थियो । अस्पतालको तनाव कायमै रहेका बेला चिकित्सकले जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका थिए भने आफन्तकातर्फबाट महेन्द्रपुलमा चक्काजाम नै गर्दै प्रदर्शनमा उत्रिएका थिए ।

तोडफोडमा संलग्न रहेको र भीडलाई उत्तेजित तथा आक्रामक बनाउन नेतृत्व लिएको भन्दै तरुण दलका केन्द्रीय सदस्य पशुपति भट्टराईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी रहेको छ । पक्राउ पुर्जी जारी भएका भट्टराईसहित १० जना अझै फरार नै रहेकोे र खोजी कार्य भइरहेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ बमोजिम मुद्दा दर्ता चलाएको हो । आफन्त, प्रशासन र अस्पतालबीच पटक पटकको वार्तापछि मृत्यु भएको ८ दिनपछि १६ असोजमा सुकमायाको शव उठेको थियो
अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय