बैतडी / बैतडीमा किशोरीलाई जबर्जस्ती करणी गरेकाे आराेपमा एक चालक पक्राउ परेका छन् ।
कञ्चनपुर महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर आउदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रक र ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेकाे छ ।
मेलौली नगरपालिका ७ का महेश ओझाले साेहि मिनि ट्रकमा सवार रहेकी १७ वर्षिया किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
प्रहरी अनुसन्धानबाट खुल्न आए अनुसार बिहिबार पीडित किशोरी अत्तरियाबाट बैतडी आउन मिनिट्रकमा बसेकी थिइन्।
राती बुडर बस्ने क्रममा मिनि ट्रकमा आफुमाथि चालक ओझाले जबरजस्तीकरणी गरेको पिडित किशोरीले प्रहरीलाई बताएकी छन् ।
ट्रकसहित चालक ओझालाई पाटन नगरपालिका -६ को हिरापुरबाट पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।