
माेहन ठकुल्ला
सिलगढी,
डाेटीमा प्रथम गाेल्ड कप २०८० खुल्ला फूटबल प्रतियोगिता हुनेभएको छ ।
शुक्रबार शिलास्थान युवा क्लब (एस. वाइ.सी) डाेटीले पत्रकार सम्मेलन गर्दै प्रथम खुल्ला फूटबल प्रतियोगिता हुने जानकारी दिएकाे हाे ।
“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद ” भन्ने मूल नाराका साथ प्रतियोगिता यहि असाेज २९ गतेदेखि कार्तिक ३ गतेसम्म हसने शिलास्थान युवा क्लब डाेटीका अध्यक्ष हिक्मत मलासीले जानकारी दिनुभएको छ ।
खेल नकआउट सिस्टममा खेलाइने भएकाे छ । प्रतियोगितामा जिल्ला बाहिरबाट एनफा मान्यताप्राप्त ५ जना रेफ्रि आउने अध्यक्ष मलासीले जानकारी दिनु भयाे । डाेटीकाे बढिकेदार गाउँपालिका भाैगाेलिक दुरीबाट टाढा रहेकाले त्यहाँका खेलाडी र अन्या बाहिर जिल्लाबाट प्रतियोगितामा सहभागी टिमलाई खान बस्नकाे समेत व्यवस्था रहेकाे मलासीले बताउनु भयाे । प्रतियोगिताकाे आयाेजना गरेपनि आर्थिक मन्दिका कारण चुनाैति खेप्नुपरेको बताउनु भयाे ।
। खेलमा दस जना खेलाडी बीच प्रतिस्पर्धा हुने भएकाे छ । विजेता टिमले नगद एक लाख पन्ध्र हजारसहित ट्रफी र प्रमाणपत्र पाउने भएकाे छ भने उपविजेता टिमले सन्ताउन्न हजार पाँच सय प्राप्त गर्ने भएकाे छ ।
“लागू ओैषध त्यागाै , जिन्दगी राेजाैँ” भन्ने मुल नारालाई मध्यनजर गर्दै प्रतियाेगीताकाे आयाेजना भएपनि जिल्ला सदरमुकामकाे साेभा तथा चहलपहल पढाउनमा ठूलाे सहयाेग पुग्ने शिलास्थान युवा क्लबले जानकारी दिएकाे छ ।