बझाङ/ बझाङमा फेरि गएराती भुकम्प गएकाे छ ।
जिल्लाकाे जयपृथ्वी नगरपालिकाको कैलाश आसपास केन्द्र बिन्दु भएर राती १ बजेर ५१ मिनेटमा भुकम्प गएकाे हाे ।
भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
यहि असाेज १६ गते मंगलबार बझाङ जिल्लामा विनाशकारी भूकम्प गएपछि अहिलेसम्म धेरै पराकम्प गैसकेका छन् । जसका कारण स्थानीय झन त्रसित बनेका छन् ।