माेहन ठकुल्ला
सिलगढी,/ सुदुरपश्चिमका उदयमान गायक आर्यन ओलीकाे नयाँ गीत ‘पिरतीका देश ‘ सार्वजनिक भएकाे छ ।
दशैँ तिहारकाे मुखैमा यहि असाेज ४ गते उक्त गीतकाे म्युजिक भिडियोसहित बजारमा सार्वजनिक भएकाे हाे । गीत गायक ओलीकै आवाजमा सजिएकाे छ । उक्त गीतमा शब्द उकिल सिंह ठगुन्नाकाे रहेकाे छ भने निर्देश शेर साउद रहेका छन् ।
गीतकाे म्युजिक भिडियो छायांकन मकवानपुर जिल्लाकाे कितलाङमा भएकाे छ । अभिनय गायक स्वयम् र सुदुरपश्चिमका माैलिक साँस्कृति ‘डेउडा’ लगायत अन्य गीतहरूमा अभिनय गरेर चर्चा बढुल्न सफल भएकी सुमिता कुँवरले गरेकी छन् । उक्त गीत ‘RN OLI ‘ नामक युट्युब च्यानलबाट अपलाेड गरिएकाे छ ।
सानै उमेरदेखि कलाकारीता क्षेत्रमा रूचि भएका गायक ओलीकाे सांगेतिक यात्रा आरम्भ गायक ध्वज महराको
बहुचर्चित डेउडा ‘ गैजा डाेटी गैजा ” नाम गीतबाट भएकाे बताएका छन् । उनकाे उक्त डेउडा गीतकाे म्युजिक भिडियाेमा पहिलाे पटक अभिनय गरेर सांगेतिक यात्राकाे सपना देख्ने अवसर पाएका हुन ।
गायक ओलीकाे जन्म साविकको ‘बग्लेक गाविस’ वर्तमान पुर्बीचौकी गाउँपालिका 2 बग्लेक वाडी हाे । उमेरले उनी अहिले वर्षले २९ पुगेका छन् ।
उनका याे भन्दा पहिले केही गीतहरू पनि बजारमा सार्वजनिक भैसकेका छन् । उनकै स्वरमा श्रृङ्गार गरिएका ‘धपक्क बलेकी ‘
‘चोली मेरो’, ‘मेरा जनम्या गाउमा’ देउडा र अहिलेको नयाँ गीत ‘पिरतीका देश’ सार्वजनिक भैसकेको छ ।
गायक ओली भन्छन् ‘मेरो गीतहरु छन कति मैले कम्पोज गरेका अनि कति मैले नै रचना गरेका’ मायाको बजार, घैलाको पानी, बस्यो माया जाल देउडा, ए फुलकी भाडी उनका यी रचित गीतहरूमा अरू कलाकारले स्वर दिएका छन् ।