
माेहन ठकुल्ला
डाेटी,
नेपाल कम्युनिष्ट पार्टी उत्तर जिल्ला समिति डोटीद्वारा जिल्ला अस्पताल डाेटीमा फलफूल वितरण गरिएकाे छ ।
आज(विहिबार) सम्पूर्ण मृतकहरूकाे सम्झनामा “सी”स्मृति दिवसको अवसर पारी डोटी जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेकाे जिल्ला समिति डाेटीले जानकारी दिएकाे छ । साथै फलफूल वितरण गर्दै बिरामीकाे स्वास्थ्य लाभको कामना समेत गरेकाे छ ।
उक्त दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गर्दा बिरामीहरूले खुसी व्यक्त गरेका छन् ।
जिल्ला संयाेजक टेकेन्द्र बाेगटीका अनुसार बिरामी पर्दा मान्छे आफैमा कम्जोर बन्छ, त्यसैमाथि खानपिनकाे कमीले स्वास्थ्य अबस्था जटिल बन्न पुग्छ । फलफुल बिरामीकाे स्वास्थ्यकाे लागि एकदम लाभदायक बन्ने भएकाले दिवसकाे अवसरमा वितरण गरेकाे बताए ।