समिक्षा आचार्य, काठमाण्डौ / नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको छ ।
निर्देशन दिए संगै मंगलवार देखी तीन दिनसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने गरि सबै शाखा तथा काउन्टर खुल्ने रहने भएका छन् ।
सरकारले करदातालाई भदौ २५ सम्म राजश्व तिरिसक्नु पर्ने बताएको छ । राजश्व उठाउने म्याद २५ गते विहिबार सम्म रहने भएकोले बैंकका शाखाहरु खुला गर्न राष्ट्र बैंकले निर्देशन दिइएको हो ।