
माेहन ठकुल्ला
सिलगढी,
सनिबार सुदुरपश्चिम प्रदेश अन्तर्गतका पहाडी तीन वटा जिल्लामा विद्युत लाइन अबरुद्ध हुने भएकाे छ ।
विद्युत वितरण केन्द्र दिपायल डाेटीले एक सुचना जारी गर्दै सनिबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म दिपायलबाट विस्तारित लाइन भएका डाेटी, अछाम, बाजुरा जिल्लामा विद्युत लाइन अबरुद्ध हुने जानकारी दिएकाे छ ।
डोटी वितरण केन्द्र अर्न्तगत डडेल्धुरा जिल्लाको स्याउले देखि दिपायल सबस्टेसनसम्मको ३३ केभी प्रशारण लाईनमा बुश कटिङ्ग कार्य गर्नु पर्ने भएकाले विद्युत लाइन बन्द हुने विद्युत वितरण केन्द्र दिपायलका प्रमुख शिव शंकर साेनीले जानकारी दिएका छन् ।
सूचनामा भनिएकाे छ ” ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति डोटी वितरण केन्द्र क्षमाप्रार्थी छ । साथै तोकिएको समय अगावै कार्य सम्पन्न भएमा जुन सुकै बेला विद्युत सुचारु गरिने छ । भनेर उपभोक्ताहरूलाई जानकारी दिएकाे छ ।