
माेहन ठकुल्ला
सिलगढी,
डाेटी \ डाेटी उद्योग बाणिज्य संघकाे अध्यक्ष विक्रम बहादुर साँउद चयन भएका छन् ।
उद्योग बाणिज्य संघ दिपायलकाे यहि असाेज २७ गते सम्पन्न हुने निर्वाचन कार्यक्रमकाे पूर्व निर्धारित कार्यक्रम अनुसार सहमति जुटेपछि बिहिबार नै साउँद निर्विरोध चयन भएका डाेटी उद्योग बाणिज्य संघले सूचनामार्फत जानकारी दिएकाे छ ।
साथै आजै अध्यक्ष सहित १७ जनाकाे समिति गठन भएकाे छ। बरिस्ठ उपाध्यक्ष पदमा प्रेमबहादुर भण्डारी, उपाध्यक्ष उद्योग पदमा दिर्घ बहादुर साँउद, उपाध्यक्ष बाणिज्यमा नर बहादुर खड्का, महासचिव पदमा, बम बहादुर बाेगटी, काेषाध्यक्ष पदमा ईन्द्र बहादुर कुँवर र सचिव पदमा लालबहादुर कठायत निर्विरोध चयन भएका हुन् ।
त्यस्तै सदस्य पदमा पुरूष तर्फबाट दिपक कलेल,नन्दसिङ कार्की, प्रकाश बहादुर रावल, दिवस शाह, गणेश बहादुर बाेहरा, नन्दराम भण्डारी प्रेमबहादुर बिष्ट चयन भएका छन् ।
महिला तर्फबाट कमला जाेशी, पवित्रा कुमारी कुँवर, कमला बम चयन भएकाे बाणिज्य संघले सुचनामा उल्लेख गरेकाे छ ।
बाणिज्य संघकाे सूचना अनुसार दलित महिला सदस्य १ र जनजाति महिला सदस्य १ मा उम्मेदवारी नपरेकाे जानकारी दिएकाे छ ।