माेहन ठकुल्ला
डाेटी,
करदाता सेवा कार्यालय डोटीले बजार अनुगमनका क्रममा बरामद गरेका सम्पूर्ण समानहरू नष्ट गरेकाे छ ।
कार्यालयलयले डाेटी जिल्लाका स्थानीय तह दिपायल सिलगढी नगरपालिका, पुर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका र आदर्श गाउँपालिकाको विभिन्न मितिको बजार अनुगमनको क्रममा बरामद गरिएका सामानहरू आज (विहिबार) नष्ट गरिएकाे छ ।
स्टिकर बिनाको अबैध सामान, भारतीय सुपर पावर ९९४ आउटर पाकेट , भारतीय आँन्टी ३४२ आउटर पाकेट,
भारतीय बिडी 248 आउटर पाकेट गरेर जम्मा एक लाख नब्बे हजार बराबरको सुर्तीजन्य पदार्थ नष्ट गरेकाे करदाता सेवा कार्यालय डाेटीले जनाएकाे छ ।
उक्त बरामद गरिएकाे सामान जिल्ला प्रहरी कार्यालय डोटी कोष तथा लेखा नियन्त्रक कार्यालय डोटी, डोटी जिल्ला उधोग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय डोटीकाे रहोवरमा नष्ट गरेको जानकारी दिएकाे छ ।
इजाजत विना र स्टिकर बिनाको सुर्तिजन्य पदार्थको कारोवार गैरकानुनी भएकोले उक्त कारोवार नगर्न सम्पुर्ण करदातामालाई निर्देशन दिएकाे छ ।