कैलाली / नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष पदमा अछामका कृष्णप्रसाद जैशी चयन भएका छन् ।
त्यस्तै प्रदेश उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, भएका छन् भने सचिव पदमा कैलालीका रणबहादुर चन्द सर्वसम्मत चयन भएका हुन् । उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट चयन भएका छन् ।
एमाले प्रदेश कमिटीका अनुसार उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत चयन भएकाे जनाएकाे छ । कमिटीकाे अन्य पदमा भने आज बल्ल सहमति भएकाे जानकारी दिएकाे छ । त्यस्तै आज बिहान सचिवमा रतन रेग्मीले फिर्ता लिँदा चन्द र अशोक चन्दले फिर्ता लिँदा बिक चयन भएकाे जानकारी दिएकाे छ ।