डडेल्धुरा/ डडेल्धुराकाे गन्यापधुरा गाँउपालिका–२ मा एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा साेहि ठाउँका अन्दाजी ३८ वर्षिय गणेशबहादुर मल्ल रहेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ ।
मल्लकाे शव बडाल जाने बाटो आमबारीमा लडेको अवस्थामा फेला हाे । उनकाे मुखबाट रगत बगेको प्रहरी स्राेतले जनाएकाे छ । मृतक मल्ल थाइराइडका बिरामी रहेकाे पनि खुलेकाे छ ।
मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक मल्लकी श्रीमती भारतमा र छोरीहरु कैलालीमा रहेको प्रहरीले जनाएकाे छ ।