
भारतिय समाचार एजेन्सी / ड्रग्स प्रकरणमा भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले भारतीय अभिनेत्री रिया चक्रवर्तीलाई पक्राउ गरेको छ।
अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणबारे सेन्ट्रल इन्भेस्टिगेसन ब्युरो (सिबिआई)ले अनुसन्धान गरिरहेको छ । उनलाई तीन दिनको सोधपुछपछि पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बलिउड अभिनेता सुशान्त सिंहको मृत्युबारे भारतमा तीन वटा जाँच एजेन्सीले अनुसन्धान गरिरहेका छन्। सिबिआई, आर्थिक मामिला प्रवर्तन निर्देशनालय र लागुऔषधसँग सम्बन्धित विषय एनसिबीले सुशान्तको मृत्युबारे अनुसन्धान गरिरहेको छ ।
लागुऔषध लेनदेनको विषयलाई लिएर रियालाई सिआइबीले पक्राउ गरको जनाएको छ । उनलाई मेडिकल टेस्टका लागि लगिएको छ। त्यसपछि भिडियो कन्फरेन्सिङमार्फत रियालाई अदालतमा हाजिर गरिने प्रहरीले बताएको छ ।