काठमाडौं /प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारले देशलाई बर्बाद बनाएको आरोप लगाएका हुन् ।
पार्टीको मधेश प्रदेशको अधिवेशन उद्घाटन गर्न जनकपुर पुग्दा विमानस्थलमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् । उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार कहिले ढल्छ भनेर चाहीँ कुनै प्रतिक्रिया दिएनन् । उनले भनेका थिए,‘कहिले ढल्छ त्यो नभनौं । तर, यो सरकारको काम छैन ।’
अध्यक्ष ओली जनकपुरको विमानस्थलमा ओर्लिँदै गर्दा एमालेका नेता तथा कार्यकर्ताहरुको ठूलो पँक्ति स्वागत गर्न धावनमार्गमा नै पुगेको थियो । विमानस्थलको सुरक्षा मापदण्डलाई चूनौति दिँदै यसरी कार्यकर्ताहरु स्वागतको लागि जहाजनजिकै धावनमार्गमा पुग्नु सुरक्षा प्रोटोकल उल्लंघन भएको भनेर आलोचना गरिएको छ ।
रिपाेटर्स नेपालबाट