
काठमाडौं / नेपाल वायुसेवा निगमकाे जहाज इजरायल जाने भएकाे छ । इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले आज(बुधबार ) नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको हाे । उद्वारकाे लागि राति ११ बजे दुबई ट्रान्जिट बनाएर निगमको जहाज इजरायल जाने भएकाे छ ।
इजरायल प्यालेस्टाइन युद्वकाे ( हमास) आक्रमणमा परि त्यहाँ रहेका १० नेपाली कृषिकाे अध्ययन सिलसिलामा गएका विद्यार्थीको मृत्यु भएको थियाे।
त्यहाँ जाेखिममा रहेका नेपालीहरूले सामाजिक सञ्जालमा भिडियाे पाेष्ट गर्दै बारम्बार सरकारलाई उद्वार गर्न अनुरोध गरिरहेका छन् ।