
कैलाली / कैलालीमा जुवातासकाे खालबाट एक दर्जन जुवाडेलाई पक्राउ गरिएको छ ।
आज (बुधबार) प्रहरीले विशेष सूचनाको आधारमा घोडाघोडी नगरपालिका १० पहलमानपुर स्थित गजेन्द्र रोकायाको घरबाट बिहान ३ बजे १२ जना जुवाडेलाई पक्राउ गरिएकाे हाे ।
उनीहरूबाट नगद रू ६८ हजार ६ सय ७५ रुपैँया र २ गड्डी ताससहित बरामद गरेकाे छ । उनिहरू बिरूद्व थप अनुसन्धान भैरहेको छ ।