कञ्चनपुर / इजरायल प्यालेस्टानी विद्रोही समूह (हमासको) आक्रमणबाट इजरायलमा बेपत्ता सुदुरपश्चिम विश्वविद्यालयका एक विद्यार्थी सम्पर्कमा आएका छन् ।
सम्पर्कमा आउनेमा कञ्चनपुरकाे जिल्लाकाे भीमदत्त नगरपालिका -३ का विपिन जोशी रहेका छन् । जाेशीकाे अहिले
अस्पतालमा उपचार भैरहेकाे इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
गत शनिबारदेखि बेपत्ता सम्पर्क बिहिन भएका उनी आज सम्पर्कमा आएकाे दुतावासले जनाएकाे छ । विपिनसँग सम्पर्क विच्छेदन भएपछि घरपरिवार सुर्तामा थियाे ।
विपिन गत भदौ महिनाकाे अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएका थिए ।
उक्त आक्रमणमा परि १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । उक्त आक्रमण परि ४ जना घाइते भएका छन् । दुई जना भने सकुसल रहेकाे दुतावासले जनाएकाे छ ।
उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू हुन् ।