विराटनगर / प्रदेश प्रहरी कार्यालय, प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
मंगलवारको परिक्षणमा प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआईजी कार्कीलाई कोरोना संक्रमण पुष्टी भएको हो । प्रदेशमा रहेको जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण पुष्टी भएको हो ।
परिक्षणको क्रममा मंगलबार विराटनगरमा ११ महिला र ६ पुरुष गरि १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।