डाेटी / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, डोटीले शोक बक्तब्य जारी गरेकाे छ ।
इजरायलमा ज्यान गुमाएका १० जना नेपाली प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मंगलबार एक शाेक बक्तब्य जारी गरेकाे हाे ।
दक्षिण इजरायलको किबु अनुमिनमा असोज २१ गते हमास विद्रोही समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत दक्षिणी इजरायलको किबुज कृषि फार्ममा कार्यरत डोटीका २ जनाकाे पनि मृत्यु भएकाे थियाे ।
जसमा शिखर नगरपालिका- ६ पचनालीका राजन फुलारा, आर्दश गाउँपालिका-५ लामिखालका पदम थापा सहित १० विद्यार्थीहरुको दुःखद निधन प्रति दु:ख प्रकट गर्दै बक्तब्य जारी गरेकाे जिल्ला संयाेजक कमल गड्सिलाले जानकारी दिएकाे छ ।
हाल इजरायलमा सम्पर्क विहीन घाइते विद्यार्थीहरुको शीघ्र खोज तथा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई बक्तब्यमार्फत अनुराेध गरेकाे । निधन भएका नेपालीहरुको शव फिर्ता गराउने कार्यका लागि नेपाल सरकार तथा सम्बद्ध निकायहरुलाई अनुरोध छ ।