बझाङ / नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न शुरूआत गरेकाे छ । भूकम्पीय जोखिम भएका क्षेत्रमा सेस्मोमिटर जडान हुन थालेकाे छ ।
भूगर्भविद् डा. शिव सुवेदीका अनुसार सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान कार्य जारी रहेको जानकारी दिएकाे छ ।
आज (मंगलबार ) दक्षिणतर्फ जयपृथ्वी गाउँपालिकामा जडान गर्ने तयारी भइरहेको छ । त्यस्तै आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सेस्मोमिटर जडान भैसकेको छ ।
भूगर्भविद्का अनुसार चैनपुरलाई आधार मानेर चारै दिशामा सेस्मोमिटर जडान हुँदा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने बताएका छन् । अब भूकम्प आइरहेको क्षेत्र बाहिर चारैतिर जडान गर्दा छिटो र यथार्थ पत्ता लगाउन सकिने बताएका छन् ।
नेपालभर अहिलेसम्म ४२ स्टेशन (मापनयन्त्र) बनाएर भूकम्पको निगरानी गरिरहेको छ ।