
दार्चुला / दार्चुलाको चौलानी नदीमा ६ वर्षिय बालक बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइका छोरा हेमान्सु दमाइ रहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।
उनी साेमबार दिउँसाेकाे समयमा नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ । प्रहरी टोलीले बेपत्ता बालकको खोजी कार्य गरिरहेकाे जनाएकाे छ ।