
बाजुरा/ बाजुराकाे बडिमालिका नगरपालिका–६ बुढा कोर्धमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । आइतबार दिउँसाे साेहि ठाउँकी ४५ वर्षिय रेवती वडुवालको करेन्ट लगेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
उनी बाख्रा चराउन भेगुनी लेकमा गएकी थिइन् । त्याे बखतमा शाखा लाईनको विद्युतको तारनाङ्गाे हातले समातेकाे प्रहरी स्राेतले जनाएकाे छ ।
घटनाबारे प्रहरीले थपअनुसन्धान गरिरहेको छ ।