युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सरकाले आज (मंगलबार) शाेक घाेषणा गरेकाे छ । नेपाल सरकार, मन्त्रिपरिषद्‌को साेमबार बसेकाे बैठकबाट निर्णय भए अनुसार साेमबार नेपाल सरकार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय शाेक घाेषणा गरेकाे छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० (दश) जना नेपालीहरुको दुःखद् निधन भएकाले राष्ट्रिय शाेक घाेषणा गरेकाे हाे ।

सरकारले मृतकहरुप्रति श्रद्धाञ्जली, घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने र यस अकल्पनीय घटनामा दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न असोज आज राष्ट्रिय शोक घोषणा गरेकाे छ ।

आज देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने भनिएकाे छ ।

त्यस्तै इजरायल सरकारसँग समन्वय गरी घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय गरिएकाे छ ।

उक्त घटनामा निधन भएका व्यक्तिहरूकाे परिवारलाई राहत उपलब्ध गराउने, वेपत्ता भएका नेपालीको खोजीलाई तीव्रता दिने, फर्कन चाहने नेपालीहरुलाई यथाशीघ्र नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी नेपाल ल्याउन प्रबन्ध गर्ने लगायतका मन्त्रिपरिषद्का निर्णयहरु सम्बन्धित मन्त्रालयहरुबाट कार्यान्वयन हुने प्रक्रिया अगाडी बढिसकेको छ भनेर जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

सहसचिव / प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्तिमा हस्ताक्षर गर्दै घटनाको सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असर समेतलाई ध्यानमा राखी सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत असान्दर्भिक र असंवेदनशील सामग्रीहरु प्रवाह नगर्न र आ-आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सम्बद्ध सबैलाई निर्देशन दिएकाे छ ।

त्यस्तै राष्ट्रिय शाेक घाेषणालाई सार्वजनिक विदा नसम्झिन सबैलाई आग्रह गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय