
बैतडी / बैतडीमा बलात्कारकाे आराेपमा एक जना पक्राउ परेका छन्।
जिल्लाकाे मेलाैली नगरपालिका -५ खलिगाडका २८ वर्षीय नरेश जाेशीले ४५ वर्षिय महिलालाई बलात्कार गरेकाे आराेपमा जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
जाेशीले आइतबार मेलाैली नगरपालिका -६ को लामाखोला अबस्थित जङ्गलमा ति महिला करणी गरी भागेका आराेप छ । जाेशीलाई करणी गरेकाे आराेप लागेपछि उनी फरार रहेका थिए । उनलाई आज लामालेकबाट पक्राउ गरेकाे छ ।
उनी बिरूद्व जबरजस्तीकरणी मुद्दा दर्ता भएकाे छ । घटनाबारे थपअनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएकाे छ ।