माेहन ठकुल्ला
सिलगढी,
डाेटीकाे सेती नदिमा मानव कंगाल भेटिएकाे छ ।
आज (साेमबार ) जिल्लाकाे दिपायल सिलगढी नगरपालिका -४ नारीदाङमा कंगाल फेला परेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ । कंगाल आज साढे ३ बजेतिर फेला हाे ।
यहि असाेज २० गते दिपायल सिलगढी नगरपालिका -४ पिपल्लामा बसाेबास गर्दै आएका दुई बालक सेती नदिमा डुबेर बेपत्ता भएका थिए । उनीहरूकाे खाेजिकार्य गर्ने क्रममा लडागडाबाट खटिएकाे प्रहरी टाेलिले मानव कंगाल फेला पारेकाे जिल्ला प्रहरीले कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवले जानकारी दिएकाे छ ।
श्रीवास्तवका अनुसार कंगाल कुन ठाउँकाे हाे र कसकाे हाे भन्ने कुरा पहिचान हुन सकेकाे छैन् । मानव कंगाललाई जिल्ला अस्पताल डाेटीमा राखेर घटना बारे थपअनुसन्धान भैरहेकाे जानकारी दिएकाे छ ।
त्यस्तै असाेज २० गते शनिबार दिउसाे सेती नदिमा डुबेर बेपत्ता भएका बालकहरू अहिलेसम्म नभेटिएकाले उनीहरूकाे खाेजिकार्य भैरहेकाे डिएसपी श्रीवास्तवले जानकारी दिएकाे छ ।