कञ्चनपुर / कञ्चनपुरमा जुवाडे पक्राउ परेका छन्।
जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बजारबाट १५ जना जुवाडेलाई गएराति ११ बजे प्रहरीले पक्राउ गरिएकाे हाे ।
उनिहरूबाट ४ गड्डी ताससहित २ लाख ७७ हजार ५०५ नगद रुपैयाँ बरामद गरिएको छ ।
ती जुवाडेहरूलाई गुलरिया बजारमा रहेको दिनेश पनेरुको त्रिपूरा मदिरा विक्री वितरण केन्द्रभित्र जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।