युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

इजरायल / इजरायल प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी डाेटीका २ जना सहित १० जना नेपालीको मृत्यु भएको छ । त्यस्तै उक्त आक्रमणमा परि तीन जना घाइते भएका छन् भने एक जना सम्पर्क विहीन भएका छन् ।

इजरायलस्थित नेपाली राजदूतका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका- ११ भोपुरका अन्दाजी २५ वर्षिय गणेश कुमार नेपाली, बाैँनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६ धनुषाका आनन्द साह र मधुवान–१ सुनसरीका राजेशकुमार रहेका छन् ।

त्यसैगरी डाेटीकाे शिखर नगरपालिका-६ पचनालीका राजन फुलारा, आदर्श गाउँपालिका -५ लामिखाल डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको उक्त आक्रमणमा परि मृत्यु भएको छ ।

त्यस्तै सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरू दुबै जनाकाे खट्टामा गम्भीर चोट लागेकाले त्यहाँकाे स्थानीय स्वास्थ्य उपचार केन्द्रमा उपचार भैरकाे इजरायलस्थित नेपाली राजदूतले जानकारी दिएकाे छ ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि उपचार भइरहेको छ । टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।

त्यस्तै भिमदत्त नगरपालिका -३ कञ्चनपुर बिपिन जाेशी सम्पर्क बिहिन अबस्थामा रहेका छन् ।

मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेकाे नेपाली दुतावासले जनाएकाे छ । अन्य घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडोभन्दा चाँडो उद्दार गर्ने प्रयास भैरहेको जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय