डाेटी / यस वर्षकाे दशैँ तिहारलाई लक्षित गर्दै नेपाल सरकारद्वारा अनुदान पाएको चामल सुदूरपश्चिम अन्तर्गतका डाेटी र बैतडी जिल्ला बाहेक अरू सात वटै जिल्लामा सहुलियत मूल्यमा बिक्री हुने भएकाे छ ।
यस वर्षकाे दशैँ तिहार लक्षित सरकारी अनुदान सुदुरपश्चिम प्रदेशले पाँच हजार क्वीन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्न पाउने भएकाे छ । तर बैतडी र डोटी जिल्लामा रहेका डिपो र कार्यालयमा कर्मचारी नहुँदा कम्पनीले चामल बिक्री गर्न सुपथ मूल्यमा पसल चलाउन नसकेको खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएकाे छ ।
त्यस्तै कम्पनीले बाजुरामा एक हजार दुई सय क्वीन्टल चामल बिक्री गर्ने भएकाे छ । बाँकी बैतडी र डोटी बाहेकका जिल्लामा सुपथ मूल्य पसलबाट पाँच सय क्वीन्टल चामल बिक्री गरिने कम्पनीले जनाएको छ ।
चाडपर्वमा सर्वसाधारणले सहुलिय पाउन र एकाधिकार बजार नहोस् भन्ने उद्देश्यले खाद्य तथा व्यापार कम्पनीले बर्सेनि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले चाड पर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउदै गर्दा सुदुरपश्चिम प्रदेश अन्तर्गतका पहाडी जिल्ला डाेटी र बैतडी बाहेक अन्य तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर र पहाडी अन्य पाँच वटा जिल्लामा सुपत मुल्यमा चामल बिक्री हुनेभएकाे छ ।
यस वर्ष सुदुरपश्चिममा कम्पनीले अरुवा मोटा चामल दुई हजार क्वीन्टल र स्टिम जिरा मसिनो चामल तीन हजार क्वीन्टल बिक्री गर्ने भएकाे छ । त्यस्तै याे वर्ष सरकारले दुई किसिमकाे चामल सुपत मूल्यमा पसल सञ्चालन गरि बिक्री गर्ने भएकाे छ ।
असाेज २१ गते (आज) देखि मंसिर ३ गतेसम्म पसल सञ्चालन हुने भएका छन् । सुदूरपश्चिमका ७ जिल्लामा मुल्य सूचीसहित पसल सञ्चालनमा ल्याएको जानकारी दिएकाे छ । सहुलियत मूल्य पसलबाट उपभोक्ताहरूले प्रति कीलोग्राम चामलमा ७ रुपैयाँ छुट पाउने खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीकी कार्यालयले जानकारी दिएकाे छ ।
त्यस्तै खाद्य तथा व्यापार कम्पनीले बडादसैं, तिहार र छठ पर्वलाई लक्षित गरि सुपथ मूल्यमा पसल सञ्चालन गर्ने छ ।
कम्पनीले अरुवा मोटा चामल प्रति किलोग्राम ४६ रुपैयाँमा बिक्री गर्ने छ। जबकी मोटा चामलको बजार मूल्य ५३ रुपैयाँ प्रति किलोग्राम छ। त्यस्तै, स्टिम जिरा मसिनो चामलको बजार मूल्य ९० रुपैयाँ प्रति किलोग्राम रहेकोमा खाद्य कम्पनीले ८३ रुपैयाँ प्रति किलोग्राम मूल्य तोकेको छ।