
अछाम / अछामकाे मंगलसेनमा एक जना मृत अवस्थामा फेला परेका छन्।
मृत फेला पर्नेमा जिल्लाको मंगलसेन नगरपालिका–१३ सालपाटाका ५८ वर्षिय दिपक थयात खड्का रहेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।
उनी शव शनिबार तितेपातीको झाडीमा फेला परेकाे जानकारी दिएकाे छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।