
कञ्चनपुर/ कञ्चनपुरमा कोदालो प्रहार गरेर बुवाको हत्या गरेकाे छ।
आज (आइतबार ) जिल्लाको पुनर्वास नगरपालिका -११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीर धामीकाे हत्या गरेकाे जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरले जनाएकाे छ । छाेरा हेमन्तले आफ्नाे बुवालाई कोदालो प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएकाे छ ।
घर परिवारको विवादका कारण उनले बुवामाथि बिहान कोदालो प्रहार गरेकाे प्रहरी अनुसन्धानबाट घटना खुल्न आएकाे छ ।
छाेरा हेमन्तलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। हत्या गरिएका धामी पूर्व सेना हुन ।