
बैतडी / बैतडीमा एक शिक्षकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका – ५ अबस्थित शैलेश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक प्रताप मडै रहेकाे पारिवारिक स्राेतले जनाएको छ । मडैकाे घर बैतडीको मडगाँउमा नै हाे ।
उनी केही दिन अगाडि विद्यालयमै बेहोस हुँदा उपचारका लागि धनगढी लिइइएकाे थियाे । उनकाे उपचारकाे क्रममा शनिवार मृत्यु भएको परिवार स्रोतले जनाएकाे छ ।
शिक्षक मडैकाे मृत्युकाे शाेकमा आज विद्यालयले शोक बिदा दिइएको छ ।