
माेहन ठकुल्ला
सिलगढी,
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) डाेटीका नेता दिर्घराज बाेगटीलाई पार्टीले पदमुक्त गरेकाे छ ।
उक्त पार्टीका जिल्ला अध्यक्ष एवं निवर्तमान पूर्वीचाैकी गाउँपालिका अध्यक्ष समेत रहेका बोगटीलाई पार्टीले सनिबार एक विज्ञप्ति जारी गर्दै पदमुक्त गरेकाे जानकारी दिएकाे छ ।
यसअघि भाद्र २४ गते बसेको पार्टीको जिल्ला कमिटीको बैठकले पार्टी कमिटी र जनसंगठनहरु लाई पुनर्गठन गरी पार्टी विधास माथिल्लो कमिटीले जारी गरेको निर्देशन बमोजिम् परीचालन गर्ने निर्णय गरेको थियो । ततपश्चातका दिनहरुमा पार्टी निर्णय कार्यन्वयन गर्न, गराउनुको सट्टा पार्टी अनुसाशन र हित विपरीतका गतिविधिमा अध्यक्ष स्वयंम संलग्न भएकाे खबर प्राप्त भएपछि पार्टीले गम्भीर ध्यानाकर्षण गर्दै उनलाई पार्टी अध्यक्षबाट पदमुक्त गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका जिल्ला इन्चार्ज पूर्णा जोशीले विज्ञप्तिमा हस्ताक्षर गरे अनुसार बोगटीले पार्टीलाई विधि, पद्धति बमोजिम सञ्चालन गर्न र पार्टीका निर्णय कार्यान्वयन गर्न गैर जिम्मेवार भएकाले पदमुक्त गरेकाे विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
बाेगटीलाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला संगठन समिति डाेटीले अध्यक्ष पदबाट पदच्युत गरेसँगै जिल्ला उपाध्यक्ष शिवराज खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएकाे विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।