माेहन ठकुल्ला
सिलगढी,
डाेटीकाे सेती नदिमा दुई बालक बेपत्ता भएका छन् ।
सनिबार (आज) दिपायल स्थित सेती पुलकाे मुनिबाट दुई बालक नदिमा बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे छ ।
शिखर नगरपालिका – ४ घरभइ हाल दिपायल सिलगढी नगरपालिका -४ पिपल्ला बजार बस्दै आएका शुभम प्रजापतिकि ८ वर्षिय छाेरी खुसी प्रजापति र सन्तोष देउवाका ढाइ वर्षिय छाेरा सिद्वार्थ देउवा बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवले जानकारी दिएकाे छ ।
सिद्वार्थ पानी खान जाँदा चिप्लिएर डुबेपछि खुसी उनलाई बचाउन जाँदा डुबेर बेपत्ता भएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।
नदिमा डुबेर बेपत्ता भएका दुबै बालकाे खाेजीकार्य भैरहेकाे प्रहरी नायव उपरीक्षक श्रीवास्तवले जानकारी दिएकाे छ ।