
बझाङ / बझाङमा आज फेरी भुकम्प गएकाे छ । बझाङको भातेखोला केन्द्रबिन्दु भइ बिहान ११ बजेर ४५ मिनेट जादा ५.३ म्याग्निच्युडकाे भुकम्प गएकाे भुकम्प मापन केन्द्र जनाएकाे छ ।
शुक्रबार पनी बझाङको तलकोट गाउँपालिकाको धमेना आसपास केन्द्र विन्दु भएर मध्यन्न १२ः४४ बजेको समयमा ३ दशमलव ६ म्याग्निच्युटको भुकम्पको धक्का गएको थियो ।
यहि असोज १६ गते बाट बझाङ जिल्ला लगायत सुदुरपश्चिमका विभिन्न भूभागमा लगातार भुकम्प गैरहेकाे छ ।