
भारत/ भारतमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै गएको छ ।
पूर्वी राज्य उडिसामा सङ्क्रमण फैलदै गएपछि स्वास्थ्य विभागले परीक्षणलाई तिब्रता दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । याे राेग ‘ओरिएन्टिया सुत्सुगामुशी’ नामक ब्याक्टेरियाबाट लाग्ने गर्दछ । यसकाे सङ्क्रमण जङ्गली जनावरमा हुने किर्ना वा जुम्राको टोकाइबाट सर्ने गरेकाे पाएकाे छ । यसकाे सामान्य लक्षण ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र कहिलेकाहीँ जिउ चिलाउने आदि हुने गर्दछ । यस वर्ष पनि उडिसा राज्यमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै गएकाे छ ।
सङ्क्रमणको शुरुवाती चरणमा रोग पहिचान हुन सकेमा सामान्य एन्टिबायोटिकको प्रयोगबाट उपचार गर्न सकिन्छ । तरपछि सङ्क्रमण जटिल अवस्थामा पुगिसकेपछि बिरामीको ज्यानै जाने जोखिम हुने भारतीय सञ्चार माध्यमले जनाएकाे छ । गतवर्ष वर्ष त्यस क्षेत्रमा झण्डै एक हजार ५ सय सङ्क्रमित भेटिएकाे जानकारी दिएकाे छ ।