बैतडी / बैतडीमा घरको छतबाट लडेर एक बालक गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका-२ का नरबहादुर चन्दका ११ बर्षीया छोरा सन्तोष चन्द रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
उनी शुक्रबार छिमेकिकाे घरको छतमा साइकल चलाएर खेलीरहेका बेला दिउँसो लडेका हुन । घाइते बाललककाे हात र टाउकोमा चोट गम्भीर चाेट लागेकाे छ ।
उनकाे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएकाे जनाएकाे छ ।