माेहन ठकुल्ला
सिलगढी,
सनिबार बिहानैदेखि डाेटी जिल्लाका केही स्थानीय तहमा विद्युत वितरण केन्द्र दियायलबाट विस्तारित लाइन अबरुद्ध हुने भएकाे छन् ।
राजपुरकाे आसपासमा नयाँ फिडरबाट लाईन सञ्चालन गर्नु पर्ने भएकोले बिहान ७:०० बजे देखि साँझ ६:०० बजेसम्म विद्युत लाईन अबरुद्ध हुने भएकाे छ ।
विद्युत वितरण केन्द्र दिपायले प्रकाशित गरेकाे सुचना अनुसार राजपुर फिडर अन्तर्गत दिपायल सिलगढी नगरपालिकाका राजपुर- कुमालीकोट क्षेत्र, पृतना हेड क्वाटर, रेडियो नेपाल, समुहगाड र ससत्र ब्यारेक जोगी डाब्रेसम्मकाे विद्युत लाइन अबरुद्ध हुने भएकाे छ ।
त्यस्तै शिखर नगरपालिकाका वडा नं. १ देखि ५ नम्बर वडासम्म लाइन अबरुद्ध हुने भएकाे छ । के.आई. सिंह र बोगटान फुड्सिल गाउँपालिकामा पूर्णरूपमा विद्युत लाइन अबरुद्ध हुने वितरण केन्द्र दिपायलले जानकारी दिएकाे छ ।
सुचनामा भनिएको छ “ग्राहक महानुभाव विद्युत सेवा अवरुद्ध हुने भएकोले असुविधाप्रति डोटी वितरण केन्द्र क्षमाप्रार्थी छ । तोकिएको समय अगाडिनै निर्माण कार्य सम्पन्न भएमा विद्युत सेवा सुचारु हुनेछ ।” भनेर सम्पूर्णलाई जानकारी दिएकाे छ ।