
बझाङ / बझाङमा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाकाे जयपृथ्वी नगारपालिका -७ खगेडाका पदम राज सार्कीका ८ बर्षीय छोरा बिजय सार्कीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।
उनी आज शुक्रबार घर नजिकै रहेको ओखरको रुखमा ओखर टिप्ने क्रममा रुखबाट लडेर हुन् । लडिसकेपछि टाँउकोमा गम्भीर चोट लागेर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल बझाङ लगिएकाे थियाे । डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।