
धन बहादुर बाेहरा
सिलगढी,
नेपाली उपभोक्ता महासंघ डोटीले जिल्ला प्रसाशन कार्यालय डोटीलाई पाँच बुदे ज्ञपनपत्र बुझाएको छ ।
शुक्रबार महासंघले नजिकिँदै गरेकाे दशैँ तिहारलाई मध्यनजर गर्दै उक्त समयमा बजारमा कालो बजारी बढ्न सक्ने र त्यसबाट उपभोक्ता मारमा पर्नबाट जोगाउने उद्देश्यले ज्ञापनपत्र बुझाएको नेपाली उपभोक्ता महासंघ डाेटीले जानकारी दिएकाे छ ।
सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन जिल्ला प्रसाशन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारी गाेपाल प्रसाद अर्याललाई ५ बुदे ज्ञायापन बुझाएको छ ।
उपभोक्ता महासंघ डोटीका अध्यक्ष टिकाराम फुलाराकाअनुसार निष्पक्षरुपले जिल्लाका मुख्य तथा स्थानिय बाजार अनुगमन गर्न, चर्को मुल्य बृद्धि र कालो बजारीलाई नियन्त्रण गर्नुपर्ने बताए । जिल्ला प्रशासन कार्यालयबाट सबै स्थानिय तहहरुलाई निर्देशन दिए नागरिककाे मौलिक हकको संरक्षण हुने अध्यक्ष फुलाराले बताए ।
उक्त कार्यक्रममा नेपाली उपभोक्ता महासंघका अध्यक्ष लगायत सम्पूर्ण महासंघका सदस्यहरूकाे सहभागीता रहेकाे थियाे ।