कैलाली / कैलालीमा बिहीबार एक युवकमाथि धारिलो हतियार प्रहार गरेकाे छ ।
जिल्लाकाे जानकी गाउँपालिका–९ पुर्वखैरी फाँटाका २३ वर्षीय हेमराज गिरीमाथि धारिलो हतियार प्रहार भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
धारिलाे हतियार प्रहार गर्नेमा सोही ठाउँ २४ वर्षीय उदय बिक र ३१ वर्षीय जीवन भारतीले रहेका छन् ।
हतियार प्रहारबाट युवक गिरीको टाउकोमा चोट लागेकाले उनकाे नेपालगनञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हतियार प्रहार गर्ने भारतीलाई प्रहरीले चिसापानीबाट पक्राउ गरिसकेको छ । उदय विक फरार रहेकाले उनको खोजीकार्य भैरहेको जानकारी दिएकाे छ ।